अछामका महीलाले उत्रायनि पर्वमा देउडा खेल खेले

Posted on: 17 Jan, 2018

कमल रावल/माघ ३, अछाम । माघे सक्रान्तिको दोस्रो दिन अछाम जिल्लाका महीलाहरुले उत्रायनि पर्व बिशेष देउडा खेल खेलेका छन । 


आफ्नो गाउ नजिकै सार्वजनिक स्थलमा जम्मा भई महीला दिदिवहीनीहले एक आपसमा देउडा खेल खेलेका हुन । 

महीला दिदिबहीनीहरुले दोहोरो रुपमा खेल्ने देउडा खेललाई अछाम जिल्लामा निकै महत्वमा साथ हेरिन्छ । एकै ठाउ जम्मा भएर हातमा हात जोडेर र पैताला एकसाथ मीलाएर अछामका दिदिबहीनीहरुले देउडा खेल्ने गर्दछन । 


बिशेषगरि माघे सक्रान्ति अथवा मकर सक्रान्तिको दोस्रो दिन अछामीले उत्रायनिका रुपमा लिने गर्दछन । यो दिनमा सुुभासाईतका कुनै काम सुरुवात नगर्ने र महीला दिदिवहीनीले आफनो फुर्सदिलो दिन सहीत एक अर्कामा देउडा खेल्ने गर्दछन । 


महीला दिदिवहीनीहरुले देउडा गित मार्फत, माया, प्रिती, सुख दुख, आफनो रितिरीवाजका सस्कृतिका कुराकानि एक आपसमा साटासट् गर्ने गर्छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!