श्रीमतीको हत्यापछि फरार राजवंशी पक्राउ

Posted on: 17 Jan, 2018

माघ ३  झापा  | श्रीमतीको हत्यापछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ का ३३ वर्षीय कमलसिंह राजवंशी रहेका छन् । 

राजवंशी गत असोज ६ गते श्रीमती गंगा राजवंशीको घाँटी थिचेर हत्या गरेर फरार रहेका थिए । उनलाई खोजी गर्ने क्रममा महेशपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!