रोल्पाका नर्सहरु पनि आन्दोलनमा उत्रिए

Posted on: 17 Jan, 2018

मनिषा राई/माघ ३, रोल्पा । पेशागत सुरक्षाको विभिन्न माग राख्दै नर्सहरुले सुरु गरेको आन्दोलन अन्तर्गत बुधबार रोल्पामा पनि ¥याली निकालिएको छ । 

नर्सिङ संघको अगुवाईमा भएको आन्दोलनमा विभिन्न अस्पतालमा कार्यरत नर्सहरु सहभागी थिए । जिल्ला अस्पताल रोल्पाका नर्स हिजोबाट आन्दोलनमा उत्रिएका छन् । अस्पतालमा कार्यरत नर्सहरुले मंगलबारदेखि इमेर्जेन्सी र डेलिभरि सेवा बाहेक अन्य सेवा थप्प पारेका छन् । 


नेपाल नर्सिङ संघ रोल्पाकी अध्यक्ष सावित्रा थापाले जनताको सेवामा रातदिन लागेको नर्सलाई बिभेद गरेको बताउनुभयो । ‘‘देशभरका नर्सहरु बिभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रिएका छन् ।’’ उहाले भन्नुभयो ‘‘माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ।’’ आन्दोलन चर्काउने वा अन्त्य गर्ने सरकारको हातमा रहेको उहाको भनाई छ । 

उनीहरुले विदेश पलायन हाम्रो बाध्यता हो, शैक्षिक योग्यता अनुसार दरबन्दी सिर्जना गर, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्र्थापना गरियोस्, श्रम ऐन २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथासीघ्र लागू गरियोस्, उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गर लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।


भक्तपुरका मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत तीन जना नर्ससहित सात जनालाई कामबाट निश्कासन गरेपछि देशभरका नर्सहरु आन्दोलनमा उत्रिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!