सर्लाहीका किसान आफुलाई टोक्ने बिषालु सर्पनै समातेर अस्पताल पुगेपछी...

Posted on: 18 Jan, 2018

माघ ४, सर्लाही | सर्लाहीको बलरामा एक किसानले खेतमा काम गरिरहेका बेला बिषालु सर्पले टोकेपनि उनी सर्पलाई समातेर नै अस्पताल पुगेका छन् |

सर्लाही स्थित बलरा ५ का स्थानिय दहरु महतोले आफूलाई टोकोको सर्पलाई समातेर नै असपताल पुगेका हुन् |

स्थानिय बयवसायी सरोज कुश्वाहाका अनुसार उनको उपचार अहिले सर्लाही हस्पिटलमा भइरहेको छ |

उनको अवस्था भने सकुसल रहेको छ । उक्त गौमन सर्पलाई प्लास्टिकको बटामा राखि अस्पतालले प्रर्दशनमा राखेको छ | उनको दायाँ हातको औलामा उक्त बिषालु सर्पले टोकेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!