नवलपरासीमा दुर्घटनामा परि एक जनाको मृत्यु, ४ गम्भीर, १५ घाइते

Posted on: 18 Jan, 2018

माघ ४, नवलपरासी (रासस) |  नवलपरासीको त्रिवेणीधामको माघे औंशी मेलामा भारतीय तीर्थालु बोकेर आउँदै गरेको ट्र्याक्टर मंगलबार दुर्घटना हुँदा एकजना भारतीयको मृत्यु भएको छ भने अन्य १५ जना तीर्थालु घाइते भएका छन् । 

नवलपरासीको बर्दघाट सुस्ता पूर्व–त्रिवेणीधाममा लागेको माघे औँसी मेलामा तीर्थालु बोकेर आएको युपी ५३ बी क्यू ०४२० नंको ट्र्याक्टर विनयी त्रिवेणी गाउँपालिका–६ को तटियाखोलामा पल्टिएको थियो । 

ट्र्याक्टर पल्टिंदा चालक भारत गोरखपुरका साधु केबटको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेका सबै भारतको गोरखपुरका बासिन्दा हुन् । 

भारतको गोरखपुरबाट माघे औँसीका अवसरमा त्रिवेणीधाममा नुहाउन र पूजाआजा गर्न आएका तीर्थालु चढेको ट्र्याक्टर पल्टिंदा सो दुर्घटना भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!