सफलताको कथा: बालक्लवले गरायो ब्यक्तित्व र नेतृत्वको बिकास

Posted on: 18 Jan, 2018

परिवर्तन कथाको शीर्षक: “बालक्लवले गरायो ब्यक्तित्व र नेतृत्वको बिकास”

कथा सङ्कलन गर्ने ब्यक्ति: दान बहादुर बुढा 

कथा भन्ने ब्यक्तिको नाम: गंगा बुढा 

ठेगाना: समाज सुधार बाल क्लव, खत्याड गाउँपालिका १ कर्मासी, मुगु 


परियोजनाको नाम: बालबालिका मार्फत बाल बालिका स शक्तिकरण कार्यक्रम तयारी 

मिति: २०७४/१०/०४ 

कहिले भएको: गत १ बर्षमा

क्षेत्र: स्वास्थ्य तथा शिक्षा 

बाल्यकालका सिकाई, भोगाई र अनुभवहरुले नै बालबालिकाभित्र रहेको क्षमतालाई एक निश्चित दिशा प्रदान गर्दछ । 

सिकाई राम्रो भए बालबालिकाको क्षमता सकारात्मक भएर जान्छ । बालबालिकाको सिकाई सकारात्मक हुन सकेन भने परिणाम आशलागदो हुदैन । त्यसकारण बालबालिकालाई उनीहरुको क्षमताको विकास गर्न सिक्ने र सिकाउने सकारात्मक कुराको अनुभव हुने किसिमको वातावरण सृजना गर्नुमा सबैको जिम्मेवारी र दायित्व रहन्छ । 


म अहिले १६ बर्षकी भएकी छु । हाल म कालिका माध्यमिक बिद्यालय बुगा मुगुमा कक्षा १० मा अध्ययनरत छु । म मध्यम वर्गी घरपरिवारमा हुकैर्दै आएकी छु । हाम्रो समुदायमा गाउँ बाल अधिकार संरक्षण तथा सम्बद्र्धन उपसमिति सेरी मुगुले बाल क्लव गठन गरिदिएको थियो । 

तर  हामी बालबालिकाहरुलाई बाल गतिबिधिहरुमा सहभागीता गराएको थिएन । बालबालिकाहरुमा बाल अधिकारको बारे ज्ञान र चेतनाको बिकास हुन सकेको थिएन । बलबालिकाहरुको क्षमता अभिबृद्धि गर्नका लागि संचालन गरिने विभिन्न गतिबिधिहरुमा समेत बालबालिकाहरुको त्यति सहभागीता हुदैनथ्यो । समुदायमा रहेका हामी बालबालिकाहरुले आफ्नो बिचार अभिव्क्ति गर्न हिचकिचाउथ्यौं । नयाँ कुरा सिक्न, जान्न उति चसो राखेको देखिदैनथियो ।

 

ग्रामीण सामुदायिक संस्था मुगुले बालबालिकाहरुको क्षमता अभिबृद्धि गराई उनीहरुको हक र अधिकार संरक्षण गराउनमा सहयोग पुगाई बालबालिकाहरुको स्वास्थ्य, शिक्षा सतरमा सुधार ल्याई उनीहरुको ब्यक्तित्व बिकास  गराउनका लागि सेरी र श्रीकोट गा.बि.स.का समुदाय तथा बस्तिहरुमा बाल क्लव गठन गरिदिएको छ । 


संयोगवस  यही समयमा ग्रामीण समुदायिक संस्था मुगु मार्फत हाम्रो समुदायमा पनि बाल क्लव गठन भयो । ग्रामीण सामुदायिक संस्था मुगुका कार्यक्रम संयोजक बासु रावलको सक्रियता र प्रयासमा साविकका सेरी र श्रीकोट गा.वि.स.का सबै वडा बस्तिहरुमा बाल क्लव गठन गरिएका थिए । 

हामी पनि आफ्नो अधिकारका बारे थाहा पाउन, नेतृत्व क्षमता बिकास गर्न, अन्य बालबालिकाहरुलाई सहभागीता गराई बाल अधिकारको बारे जानकारी गराउनका लागि हामी पनि बाल क्लवमा आवद्ध भएका हौं । हाम्रो समुदायमा समाज सुधार नामक बालक्लव गठन भए पछि म यस बाल क्लवमा सदस्य पदमा रही बाल क्लवमा संचालन गर्ने विभिन्न क्रियाकलापहरुमा सक्रिय सहभागिता जनाउदै अएकी छु । 


बालबिालकाहरुको स्वास्थ्य, शिक्षा, ब्यक्तित्व बिकास, नेतृत्व क्षमता बिकास, अधिकारको सुनिश्चत गर्नमा सहयोग गरि बालबालिकाहरुलाई सशक्त बनाउनका निम्त्ति ग्रामीण सामुदायिक संस्था मुगुले आयोजना गरेका बिभिन्न किसिमका तालिम, गोष्ठि, अन्तरक्रिया कार्यक्रम, बैठक, अन्तर बालक्लव स्तरीय अतिरिक्त क्रियाकलापहरु र साप्ताहिक कक्षा संचालनमा सक्रिय सहभागी हुदै हामी बालबालिका र समुदयमा रहेका कुरिती, कुसंस्कार, रुढीबादी चालचलनलाई निरुसाहित गर्नमा सहयोग गर्दै आएको छौ । 

समाजमा रहेका बाल बिबाह, बहुबिबाह, छुवाछुत, छाउपडी, सरसफाई जस्ता बद्यिमान समस्याहरुलाई न्यूनिकरण गर्नका लागि जना चेतनामूलक सडकनाटक, स्थानीय देउडा खेल, ¥याली जस्ता क्रियाकलापहरु संचालन गर्दै आएका छौ । 

बालक्लव मार्फत जनचेतना क्रियाकलापहरु संचालनले गर्दा समुदायमा बाल बिबाह, बहुबिबाह, छुवाछुत, छाउपडी, जस्ता क्रियाकलापहरु न्युनीकरण हुदै आउनुका साथै समुदायमा सरसफाई, शौचालयको प्रयोग, महनिा वारीस रसफाई ब्यवस्थापन र बालबालिकाहरुको नियमित रुपमा ब्यक्तिगत सरसफाई गर्ने बानीको बिकास भएको छ । 


बाल क्लवमा आवद्ध बालबालिकाहरुले नियमित रुपमा बाल भित्ते पत्रकिा प्रकाशन र साप्ताहिक कक्ष संचालनले समुदायमा स्वास्थ्य, शिक्षा, र सरसफाई प्रति सकारात्मक सन्देश फैलाउदै आएको छ भेने बालबालिकाहरुमा सृजनसिलताको बिकास भई पढ्ने लेख्ने बानीको विकास गराएको छ ।

 मेरो सोचाईमा बिकास र परिवर्तन भनेको अवसर र जिम्मेवारीको प्रतिफल हो, म बाल क्लवमा आवद्धता नहुदा आफ्नो मनमा लागेका कुराहरु ब्यक्त गर्न नसकी अर्काे ब्यक्तिहरुबाट थप ज्ञान सिक्न, लिन नसकिरहेको अवस्था थियो । 

म बाल क्लवमा सदस्य पदमा रहदा सक्रिय रुपमा बाल क्लवमा सहभागी भई ईमान्दारीता पूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरे पछि मलाई अहिले मरो बाल क्लवले उपाध्यक्ष र सहजकर्ता पदमा चयन गरेकोछ । 

महिले मेरो बाल क्लवमा साप्ताहिक कक्षा संचालन गरि स्वास्थ्य, शिक्षा, सरसफाईका बारेमा बाल क्लवमा रहेका बालबालिका तथा साथीहरुलाई जानकारी गराउने अवसर पाएकोछु । जसले गर्दा  ममा स्वअध्यायन गर्ने, रचनात्मक र सृजनसिलताको अभिबृद्धि भई ब्यक्तित्व र नेतृत्व क्षमताको विकास भएकोछ । 


“बालक्लवले गरायो ब्यक्तित्व र नेतृत्वको बिकास” म बाल क्लव र संजालहरुमा सहजकर्ता भएर बालवालिका हरुको हक, हितका निमित्त निरन्तर लागि पर्नेछु । समुदायमा रहेका विकृत्तिहरुलाई हटाउन बालक्लव द्धारा चेतनामूलक क्रियाकलापहरु संचालन गरि समुदाय बिकासका लागि अगाढी बढाउनेछु, साथै बाल क्लव र संजालहरुमा सहजिकरण गदै सकारात्मक परिवर्तनको विकासमा सहयोग गर्ने उच्च अभिलासाका साथ बालक्लवमा आवद्धता भएकोछु । 

यस समाज सुधार बाल क्लवमा आवद्धता रहेका हामी सबै बालबालिकाहरु आफ्नो अधिकार बारे जानकार भई आफुमा रहेका कुराहरु अभिब्यक्ति गर्न र नयाँ नयाँ कुराहरु सिक्न र सिकाउनमा प्रेरित रहेका छौ । 

आउँदा दिनहरुमा बालबालिकाहरुलाई सशक्त बनाउनका लागि ग्रामीण सामुदायिक संस्था मुगुले खेल्दै आएको महत्वपुर्ण भुमिकालाई निरन्तरता दिदै म मत्र नभई हामी बाल क्लवका सबै प्रतिनिधिहरुलाई सहयोग गरि ब्यक्तित्व र नेतृत्व क्षमता बिकास गराउने छ भन्ने आशा रहेकोछ । 

   

यस बिषयमा तपाइको प्रतिक्रिया...!