मोरङका १५ स्थानीय तहमा बारुणयन्त्र छैन

Posted on: 18 Jan, 2018

माघ ४, मोरङ | मोरङका १५ स्थानीय तहमा दमकल छैन ।

झट्ट आगलागी हुदा निभाउने यन्त्र नै नभएपछि जिल्लावासी अन्य जिल्लामा दमकल बोलाउन बाध्य छन् । बाँकी दुई स्थानीय तहमा बारुणयन्त्र छन् । 

बेलबारी, सुनवर्सी, लेटाङ, उर्लाबारी, रंगेली, रतुवामाई, पथरीशनिश्चरे नगरपालिका र जहदा, धनपालथान, मिक्लाजुङ, केरावारी, ग्रामथान, कानेपोखरी, बूढीगंगा, कटहरी गाउँपालिकामा बारुण यन्त्र छैनन् । मोरङ प्रहरी प्रमुख अरुणकुमार बिसीका अनुसार जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा निभाउन अरू जिल्लाका दमकल बोलाउनुपर्छ । 

जिल्लामा गत वर्षको पुसदेखि हालसम्म एक वर्षमा ६२ स्थानमा आगलागी हुँदा ६४ वटा घर पूर्णरुपमा नष्ट भए । प्रहरीका अुनसार उद्योग र व्यापारिक क्षेत्र गरेर सात ठाउँमा भएको आगलागीले क्षति भएको छ । 

त्यसैगरी, सामुदायिक स्कुल एवम् वनमा पनि आगलागी भएका छन् । आगोमा परेर चार जनाको मृत्यु भयो भने तीनजना घाइते भएका थिए । ती घटनामा २७ चौपाया मरे भने पाँचवटा घाइते भए । आगोले करिब २६ करोडको क्षति भयो । मोरङको विराटनगर महानगरपालिका र सुन्दर हरैचा नगरपालिकासंग मात्र बारुणयन्त्र रहेका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!