पाल्पामा अपांगता भएका व्यक्तिलाई पौष्टिक आहार तथा सरसफाइका सामग्री वितरण

Posted on: 18 Jan, 2018

माघ ४ पाल्पा | अपांगता भएका व्यक्तिलाई पौष्टिक आहार तथासरसफाइ सामग्री वितरण गरिएको छ । 

रामपुर नगरपालिका–६ को आयोजनामा स्वास्थ्य सरसफाइ तथा स्याहारा कार्यक्रमअन्तर्गत १८ अपांगता भएका व्यक्तिलाई बुधबार एक÷एक थान हरलिक्स, नुहाउने तथा कपडा धुने साबुन, कोलगेट, ब्रस, नङ काट्ने सामग्री वितरण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो । 

साथै ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत वडाभित्रका छ वृद्धवृद्धालाई एक÷एक थान कम्बल र म्याट वितरण गरिएको छ । 

ती सामग्री वितरण गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले यस नगरलाई अपांगमैत्री नगर बनाउनका लागि कार्यालयले सक्दो सहयोग गर्ने बताउनुभयो । 

उहाँले अपांगता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्न आगामी दिनमा बजेट विनियोजन गर्ने वचन दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!