'बलात्कार गर्न खोजेपेछि इँटाले हानेँ' : रीता

Posted on: 18 Jan, 2018

माघ ४, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित ब्रह्मायणी मन्दिर परिसरमा गत बुधबार मृत भेटिएका व्यापारी सिताराम सैंजुलाई इट्टा प्रहार गरेर हत्या गरिएको खुलेको छ ।

टाउकोमा चोट लागेको अवस्थामा फेला परेका मृतक सैंजूको शव पोस्टमार्टमको लागि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको थियो । प्रहरीले संकास्पद मानी अनुसन्धान थालेको प्रहरीले रीता राई र मन्दिरका पाले ७० वर्षीय रामबाबु लामालाई पक्राउ गरेको थियो । प्रहरीको बयानका क्रममा सैंजुको हत्याको कारण भने आत्मरक्षा देखिएको छ ।

स्थानीय माटो व्यवसायी ५५ वर्षीय सिताराम सैंजु त्यस दिन रक्सि खाएर आएको स्थानीयले समेत बताएका थिए । रीताको बयान अनुसार सैंजुले आफुलाई बलात्कार गर्न खोजेपछि प्रतिकारका क्रममा इँटाले हानेकि हुन् । 

बयान अनुसार यस्तो थियो घटना

सैंजु अरु दिनमा झै मंगलबार साँझ पनि मदिरा पिएर ब्रह्मायणी मन्दिर पुगेका थिए । ओखलढुंगा घर भएकी ३० वर्षीय रीता राईलाई सैंजुले जिस्काए । त्यसै क्रममा आफूलाई जबरजस्ती गर्न खोजेपछि रीताले सैंजुको टाउकोमा ईटा प्रहार गरेको बयान दिएकी छन् ।

यो दृश्य मन्दिरका पाले लामाले पनि देखेका थिए । तर, सैंजु गम्भीर घाइते भएको भने पालेले थाहा पाएनन् । लामाको बयान अनुसार उनले राति सैंजुको रगत पानीले पखालिदिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!