होटल माला इन सञ्चालनमा

Posted on: 18 Jan, 2018

माघ ४, दाङ | दाङमा सुविधा सम्पन्न होटल माला इन सञ्चालनमा आएको छ । 

घोराही उपमहानगरपालिका–१४ मेनरोडमा रु १५ करोड ५० लाखको लगानीमा होटल माला इन आजदेखि सञ्चालनमा आएको हो । 

घोराही निवासी ओविन्द्र महरा र उहाँका श्रीमती जुना केसी महराले उक्त होटल सञ्चालन गरेका हुन । छ तला रहेको उक्त होटलमा लिफ्टको समेत सुविधा छ । लिफ्टसहितको होटल माला इन जिल्लामै पहिलो हो । 

उक्त होटलमा ४९ वटा कोठा र चारवटा कार्यक्रम हल रहेको छ । होटलमा ३५ जनाले रोजगारी पाएका छन् । होटलमा एकैपटक १०७ जना बास बस्न मिल्ने प्रालिका अध्यक्ष ओविन्द्र महराले जानकारी दिनुभयो । उक्त होटल पाँच कट्ठा जमिनमा निर्माण गरिएको छ । आमा माला महराको नामबाट होटलको नाम राखिएको र पर्याप्त पार्किङ, पानीमा शुद्धीकरण, खानामा गुणस्तरीय र व्यवहारमा शिष्टता नै होटलको पहिचान हुने अध्यक्ष महराको भनाइ छ ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!