कालिकोट: भत्काइएका प्रहरी चेक पोष्ट निर्माण सुरु

Posted on: 18 Jan, 2018

माघ ४, कालीकोट । जिल्ला प्रहरी  कार्यालय कालिकोटले म्यादी प्रहरीको आन्दोलनका समयमा भत्काईएका प्रहरी चेक पोष्ट निर्माण गर्न थालेको छ । 

गत पुस ७ गते भएको म्यादी प्रहरीको आन्दोलनमा भत्काईएका प्रहरी चेक पोष्टहरु पुन निर्माण गर्न थालेको छ ।

जिल्ला सदरमुकाम मान्मको प्रतिमा चौक, जिरो पोईन्टका दुई वटा प्रहरी चेक पोष्ट निर्माणको कार्य सुरु गरेको निमित्त जिल्ला प्रहरी प्रमूख निरक चौलागाईले जानकारी दिए । 

उनले केही दिन अघि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले म्यादीको आन्दोलनमा तोडफोट भएका सदरमुकामका प्रहरी चेक पोष्टहरु तत्काल निर्माण गर्ने निर्णय भए अनुसार खाँडाचक्र नगरपालिकाको सहयोगमा उक्त चेक पोष्टहरु पुर्ननिर्माण गर्न लागिएको हो ।

प्रहरी चेक पोष्ट नहुँदा बजार असुरक्षित हुने भन्दै कालिकोट जिल्लाका राजनीतिक दलहरुले तत्काल पुननिर्माण गर्नु पर्नेमा जोड दिएका थिए । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमूख चौलागाईले केही दिनमै तोडफोड भएका प्रहरी चेक पोष्टहरु निर्माण भईसक्ने बताए । 

उनले नागरिकको सुरक्षाका लागि आफुहरु सधै बफादार रहने बताउँदै पछिल्लो समय जिल्लामा चिसो बढ्दै गएकाले प्रहरीले मुडा बालेर नागरिकलाई आगो तताउने अभियान थालेको बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!