वडा सचिव र अध्यक्ष नहुँदा डोल्पाका जनतालाई सास्ती

Posted on: 19 Jan, 2018

टेकबहादुर शाही/माघ ५, डोल्पा । वडा सचिव र वडाका अध्यक्षहरु नहुदा जनतालाइ सास्ती भएको छ । 

डोल्पा जिल्लाका अधिकाश वडाका सचिव र वडा अध्यक्षहरु नहुदा जनतालाइ पञ्जीकरण लगायत अन्य सबै सेवा लिन कठिन परेको छ । कुल ६५ वटा वडा रहेको डोल्पा जिल्लामा ६ जना मात्र वडासचिवहरु वडाामा कार्यरत रहेका छन । 

जिल्लाका सबै स्थानीय तहमा गरि जम्मा १८ जना सचिवहरु रहेका छन । वडा सवचिवहरु छैनन तर दैनिक २० देखि ४० जना सम्मको काम सबै काम आफुले गरीदिने गरेको ठुलीभेरि नगरपालिकाकी सामाजिक सहजकर्ता दिलु केसिले बताइन । 


उनका अनुसार ११ वटा वडा रहेको ठुलीभेरि नगरपालिकामा जम्मा एक जना वडा सचिव रहेको र ति एक जना सचिव पनि निमित्त कार्यकारि भएको कारण नगरपालिकामा बस्ने भएकोले वडा सचिवको काम आफुले गर्न बाध्यता रहेको बताइन । 

शे–फोक्सुण्डो गाउपालिकाका जनताहरु नागरिक्ता र नावालक परिचय पत्र बनाउन ७ दिन लगाएर सदरमुकाम दुनै आउदा सचिव नभएर काम नभएको शे–फोक्सुण्डो गाउपालिका २ कि कुञ्जाङ गूरुङले बताईन । 

वडा सचिव र वडा अध्यक्षहरु नभए पछि सिफारिसको लागि जिल्ला समन्वय समितिका उपसंयोजकको घरमा गएर दिनभर बसेर सिफारिस ल्याएर आएको अर्का स्थानिय छिरिङ फुञ्जो गूरुङले खुदेसो पोखे । 

कहिले निमित्त वडा सचिवकहां त कहिले वडाको सिफासिको लागि वडा अध्यक्षको घरमा पुग्नु पर्ने बाध्यता रहेकोले हप्तौ देखि जनप्रतिनिधिको घरघरमा धाउदै दिन बितेको छिरिङ फुञ्जोले बताए । 

उनका अनुसार वडा सचिवहरु नभएको कारण सजहै सेवा पाउन नसकेकोले अब तत्काल वडा सचिव पठाउन प्रमूख जिल्ला अधिकारिकहां अनुरोध गरेको बताए । 

जिल्लामा काम गर्ने सचिवहरु मध्य ६ जना वडा सचिवहरु स्थानिय तहका निमित्त कार्यकारि अधिकृतको जिम्मेवारी सहित वडाको पनि काम गरि रहेका छन । 

कार्यकारि भएर वडाको पनि काम गर्दै आएका जगदुल्लाका गाउपालिकाका नन्दराज गिरी,मुड्केचुला गाउपालिकाका जगबहादुर बस्नेत,काईके गाउपालिकाका रामेश्वर ढुङगाना,छार्का ताङसोङ गाउपालिकाका कालिबहादुर रोकाया,शे–फोक्सुण्डो गाउपालिकाका कृष्णराज न्यौपाने र त्रिपूरा सुनदरी नगरपालिकाका चन्द्र प्रकाश बुढ्थापा रहेका छन । 

डोल्पामा २ नगरपालिका र ६ गाउपालिकामा गरि जम्मा १८ जना मात्र वडा सचिवहरु रहेका छन । ६५ वडामा १८ वटा वडा सचिवले जनताको काम गरि रहेका छन तर ति वडा सिचवहरु पनि स्थानीय तहमा छैनन । 

अब कर्मचारि समायोजन पछि सहज हुने जिल्ला प्रशासन कार्यालय जानकारि दिएको छ ।

पञ्जिकरणका सबै काम वडा सचिव र वडा अध्यक्षबाट स्थानीय तहमा नै हुने भनिए पनि जनता वडा सचिव र वडा अध्यक्ष नहुदा सदरमुकाम दुनैमा नै आउनु पर्ने बाध्यता रहेको छ । नागरिक्ता बनाउन जिल्ला प्रशासनमा गयो कागजात पुग्दैन दैनिक खाली हात होटेलमा फर्कनु पर्छ भन्दै माथिल्लो डोल्पाका स्थानीयहरु निराशा ब्यक्त गर्छन । 

स्थानीय तहमा वडा कार्यालयहरु नभएकोले वडा सचिव अध्यक्ष सिफासि लिन हप्ता दिन लगाएर माथिल्लो डोल्पाबाट दुनै आउनु पर्ने बाध्यता जिउका तिउ नै रहेको छ । 

कतै वडा अध्यक्षहरु छन तर सिफारिसमा दस्तखत गराउन अध्यक्षको घरमा दिन भर हिडेर पुग्नु पर्ने बाध्यता डोल्पाका जनताको छ । 


छार्काकी कुङकापुटी लामा भन्छिन वडाको सिफारिस समन्यका पदाधिकारीबाट गराउनु पर्ने बाध्यता छ कसरि घरघरमा सिंहदरबार भयो ? उनि भन्छीन आज भन्दा ९ महिना पहिले र अहिलेमा कुनै फरक छैन जनप्रतिनिधिलाइ भोट दिएर काम भएन काठमाण्डौमा बस्ने जनप्रतिनिधिको के आशा गर्नु भन्दै दुख ब्यक्त गर्छिन । 

हिउदको समयमा वडा सचिव र अध्यक्षहरु सबै तराइ तिर गए पछि जनताको सबै काम अलपत्र परेको नागरिक समाजको दावी छ । जनताको सेवा पहिलेको तुलनामा झनै जनप्रतिनिधि आए पछि ओझलमा परेको नागरिक समाज डोल्पाका अगुवा सुरेन्द्र ढकालले बताए । 

उनका अनुसार सरकारले कर्मचारिहरु समयमा स्थानीय तहमा नपठाउने र डोल्पाका सबै जनप्रतिनिधिहरु जाडो छल्न तराइ तिर गएकोले जनताको काम प्रभाबित भएको दावी गरे । 

स्थानय सरकारको गठन भएको ९ महिना बित्न लागि सक्दा पनि जनाताले स्थानीय सरकारको अनुभुति गर्न नपाएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोल्पाका अध्यक्ष बबिकिशोर गूरुङको भनाइ रहेको छ । 

उनका अनुसार घरघरमा सिंह दरबार नाममा मात्र भयो केहि जनप्रतिनिधि बने जनताको काम पूरानै भन्दा झनै दयनिय बनेको भन्दै समयमा जनप्रतिधिले जनताको भावना नबुझे त्यसको ठुलो मुल्य चुकाउनु पर्ने बताए । 


जिल्लाका ४७ वटा वडा कार्यालय अझै पनि वडा सचिव बिहिन रहेका छन । वडा सचिव पाएका वडामा पनि वडा सचिवहरु नभए पछि जनताको दैनिक सेवा प्रभाबित भएको स्थानीय सुमन थापाले जानकारि दिए । उनका अनुसार जनताले वडा कार्यालयमा गएर आफै सिफारिस लेखेर वडा अध्यक्षको घरमा गएर दस्तखत गराउनु परेको बताए । 

स्थानीय तहको बजेट बिनियिोजन पछि जिल्लाका सबै तहका जनप्रतिनिधिहरु र कर्मचारिहरु बिभिन्न बहानामा काठमाण्डौ लगायत बिभिन्न शहरमा गएका छन । 

जनताको काम गर्छु भनेर पदग्रहण गरेका जनप्रतिनिधिहरु नै स्थानीय तहमा नभए पछि जनताको सेवा पूरै प्रभाबित भएको छ । हिउदको समय लागे पछि जाडो छल्न भन्दै जिल्ला छोड्ने पुरानो प्रम्पराले स्थानीय सरकार बने पछि पनि निरन्तरता भने पाएको नागरिहरु बताउछन ।   


यस बिषयमा तपाइको प्रतिक्रिया...!