सिरहामा चिसोपीडित परिवारलाई कम्बल वितरण

Posted on: 20 Jan, 2018

माघ ६, लहान । शीतलहरका कारण पीडित विपन्न परिवारलाई सप्तरीको खड्ग नगरपालिकाले शुक्रबार कम्बल वितरण गर्नाका साथै नगरको सबै वडामा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ । 

नगरप्रमुख हेमायु हकले नगरपालिकाको आन्तरिक कोषबाट विपन्न समुदायका लागि एक हजार थान कम्बल तथा रेडक्रस, जिल्ला दैवीप्रकोप उद्धार समिति, बाइबल समाज र एमनेष्टी इन्टरनेसनल नेपालबाट सहयोगस्वरुप प्राप्त ५२३ गरी एक हजार ५२३ थान कम्बल सम्बन्धित वडाका अध्यक्षमार्फत चिसोपीडित परिवारलाई शुक्रबार वितरण गर्नुभयो । 

नगरपालिकाले शुक्रबार नै नगरका सबै वडाका विपन्न बस्तीमा आगो ताप्न दाउरा वितरण गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तीन सातायताको निरन्तरको शीतलहरले यहाँ हालसम्म १९ जनाको ज्यान गइसकेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!