सुमोले स्कुटरलाई ठक्कर दिँदा २७ वर्षीया एलिसाको ज्यान गयो

Posted on: 20 Jan, 2018

माघ ६, काठमाडौँ । स्थानीय फर्पिङमा सुमोको ठक्करबाट स्कुटर चालक दक्षिणकाली नगरपालिका वडा नं ६ बस्ने २७ वर्षीया एलिसा भण्डारीको मृत्यु भएको छ । 

गए राति कुलेखानीबाट काठमाडौँ आउँदै गरेको ना१ज ३३७५ नंको टाटा सुमोले बा५७प ३०७८ नंको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा गुडिरहेको सुमोले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी भण्डारीको उपचारका क्रममा आज बिहान २: ३० बजे बयोधा अस्पतालमा निधन भएको जानकारी दिनुभयो । 

टाटा सुमोसहित चालकलाई महानगरीय प्रहरी प्रभाग फर्पिङले नियन्त्रणमा लिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!