प्युठानकी १४ बर्षीय बालिकाको कपिलवस्तुवाट यसरी गरियो उद्धार

Posted on: 20 Jan, 2018

माधव बेल्वासे/माघ ६, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरवाट नेपाल प्रहरी र शान्ति पुर्नस्थापना गृह कपिलवस्तुको अनुसन्धानमा प्युठानकी १४ वर्षिय वालिकाको उद्धार गरिएको छ ।

प्युठानको स्वर्गद्धारी नगरपालिका घर भएको नरमाया (नाम परिवर्तीत)लाई विहिवार भारत जादै गर्दा कृष्णनगर बर्डरवाट उद्धार गरिएको हो । नरमायालाई विहे गरेको वाहाना बनाई भारत लैजादै गरेको खुल्न आएको छ । प्युठान नै घर भएका २० वर्षिय राजु सार्किले आफु वर्डर पारी गएर वजार जाने निहु पारेर आउनु भन्न लगाएको समेत खुलेको छ ।

६ कक्षमा पढने नरमायालाई करणी गरेको समेत वताइएको छ । पछिल्लो समयमा गाउका युवतीहरुलाई विभिन्न वाहानाहरुमा योन शोषण तथा वेचविखनको लागी विभिन्न प्रलोभनमा भारत लैजाने गरेको शान्ति पुर्नस्थापना गृह कपिलवस्तुका संयोजक भुमीराज भट्टराईले वताए ।

नरमायाको घरपरिवारमा वुझ्दै आफुलाई केहि जानकारी नभएको परिवारले जानकारी गराएको भट्टराईले वताए । इलाका प्रहरी कार्यलय कृष्णनगरले दुवैजनालाई विशेष अनुसन्धान को लागी जिल्ला प्रहरी कार्यलय प्युठान पठाएको जानकारी गराएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!