खुकुरी प्रहारबाट १७ वर्षीया सुत्केरी श्रीमतीको हत्या

Posted on: 21 Jan, 2018

माघ ७, झापा । झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । 

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन् । लेनिषा १५ दिनकी सुत्केरी रहेको बताइएको छ । 

श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना गएराति भएको प्रहरीले बताएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!