बर्दघाट ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टरको शाखा कार्यालय कुडियामा संचालन

Posted on: 21 Jan, 2018

श्याम थापा/माघ ७, नवलपरासी । बर्दघाट ड्राभिङ्ग ट्रेनिङ्ग सेन्टरको शाखा कार्यालय नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको कुडियामा संचालनमा आएको छ । 

सुस्ता गाउँपालिकाको नेकपा एमालेका अध्यक्ष एवम युवा ब्यसाय कर्मी ज्ञान प्रसाद पाठक(सन्तोष)ले एक कार्यक्रम गरि उद्घाटन गर्नु भएको हो । 


बिगत दुई बर्ष देखि जिल्लाको बर्दघाट नगरपालिका अन्तर्गत बर्दघाट बजारमा संचालन गर्दै आएको बर्दघाट ड्राभिङ्ग ट्रेनिङ्ग सेन्टरले बर्दघाट क्षेत्र अत्याधिक नाम कमाउन सफल र दक्ष जनशक्तिहरु पनि तयार गर्न सफल रहेको सेन्टरले कुडियामा शाखा कार्यालय संचालन ल्याएको बर्दघाट ड्राभिङ्ग ट्रेनिङ्ग सेन्टरका संचालक राजु आर्यालले बताउनु भयो । 

शाखा कार्यालय उद्घाटन गर्दै युवा ब्यवाय कर्मी ज्ञान प्रसाद पाठक (सन्तोष)ले सुस्ता क्षेत्र सवारी चलाउने सवारी चालकहरुलाई सवारी चालक अनुमतिपत्रको महत्त्व नबुझेको र अत्याधिक रूपमा सवारी चालकहरुको यस सुस्ता क्षेत्रमा सवारी चालक अनुमतिपत्र पनि नलिने भएकोले ड्राभिङ्ग सेन्टरको शाखा कार्यालय संचालन ल्याएकोमा बर्दघाट ड्राभिङ्ग सेन्टरका संचालक आर्याललाई धन्यवाद दिनु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!