नुवाकोटका एक युवासहित चारजना काठमाडौँबाट पक्राउ, यस्तो छ कारण

Posted on: 21 Jan, 2018

माघ ७, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु हाब्रेको छालासहित चारजनालाई पक्राउ गरेको छ । 

ब्यूरोबाट खटिएको टोलीले अवैधरुपमा हाब्रेको दुई थान छाला ओसारपसार गरी खरिद बिक्री गर्न लागेको अवस्थामा बूढानीलकण्ठबाट मकवानपुरका विनोदकुमार राना, स्याङ्जाका हर्कबहादुर आले, नुवाकोटका राजकुमार तामाङ र भोजपुरका ध्यानबहादुर राईलाई आज पक्राउ गरेको हो । 

पक्राउ परेकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिम अपराध गरेको भन्दै कानूनी कारबाहीका लागि आजै जिल्ला वन कार्यालय हात्तिसार पठाएको ब्यूरोले जनाएको छ । 

अवैधरुपमा वन्यजन्तु ओसारपसार गर्ने व्यक्तिलाई रु पाँच लाखदेखि रु १० लाखसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी प्रावधान छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!