सर्लाहीमा करेन्ट लागेर एक महिलाको मृत्यु

Posted on: 22 Jan, 2018

माघ ८, सर्लाही | सर्लाही कौडेना गाउँपालिका–४ की ५० वर्षीया कलावतीदेवी साहको करेन्ट लागेर मृत्यु भएको छ । 

आज बिहान श्रीपञ्चमीको अवसरमा चक्रघटा गाउँपालिका–१ शिवनगरमा जल चढाउन जानु भएकी उहाँ करेन्ट लागेर घाइते हुनुभएको  थियो । 

घाइते साहको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि सदरमुकाम मलंगवा लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उहाँलाई मन्दिर बाहिर झिलीमिली बत्ती बाल्न निकालेको तारमा करेन्ट लागेको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!