शैक्षिक गुणस्तरका लागि चेतना माध्यमिक विद्यालयमा अन्र्तक्रिया

Posted on: 22 Jan, 2018

माघ ८, काठमाडौं । काभ्रे रोशी गाउँपालिका १ मा रहेको चेतना माध्यमिक विद्यालयमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

विद्यार्थी अभिभावक, शिक्षक तथा विद्यालय यवस्थापन समितिको संयुक्त सहभागितामा उक्त कार्यक्रम भएको हो । विद्यालय र विद्यार्थीको शैक्षिक गुणस्तरका लागि जोड दिन व्यवस्थापन समितिको आयोजनामा विद्यार्थी, अभिभावक र शिक्षकबीच प्रत्यक्ष अन्र्तक्रिया राखिएको समितिका अध्यक्ष अमित लामाले बताए । 


व्यवस्थापन समितिका अध्यक्ष लामाले आफ्ना छोराछोरीको पढाईमा ध्यान पु¥याउनुका साथै अभिभावकलाई छोराछोरीको भविश्यप्रति जिम्मेवार रहन र समय समयमा विद्यालयमा समेत अनुगमन गर्न आग्रह गरे । विद्यार्थीको मनोभावनालाई मध्यनजर गर्दै प्रयोगात्मक तरिकाले अध्यपन गराउन शिक्षकहरुलाई समेत अनुरोध गरे । 

त्यस्तै सहकार्य मासिक पत्रिकाका सम्पादक भीम लामाले विद्यार्थीहरुलाई जीवन र शिक्षाको सम्बन्ध बारे स्पष्ट पार्दै विद्यार्थीहरुलाई अध्ययनसंगै अनुशसानको समेत ख्याल राखेर विद्यालयमा शैक्षिक वातावरण निर्माण गर्नुपर्ने धारणा राखे । विद्यार्थीहरुलाई पढ्नबाट बञ्चित नगर्न अभिभावलाई आग्रह गर्दै छोराछोरीको पढ्न पाउने अधिकारलाई कुण्ठित नगराई प्रत्येक बालबालिकालाई विद्यालय पठाउनुपर्ने बताए । 


सो कार्यक्रममा प्रथम र द्धितिय त्रैमासिक परिक्षाको परिणाम सार्वजनिक तथा पुरस्कार वितरण सहित आर्थिक रुपमा कमजोरी विद्यार्थीका लागि छात्राविद्धि समेत प्रदान गरिएको थियो । त्यस छात्रावृद्धिमा कपडा र बत्तिको अभाव भएको घरका विद्यार्थीलाई सोलरबत्ति प्रदान गरिएको थियो ।

एसइइ परिक्षा नजिक आएको र बत्तिका कारण पढ्न कठिनाई विद्यार्थीका लागि वैकल्पिक उर्ज अभियानबाट उपलब्ध गराएको सोलरबत्ति वितरण गरेको विद्यालय प्रधानाध्यापक कर्णबहादुर लामाले बताए । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!