पोषण स्थितीमा सुधार ल्याउन बिद्यालय पोषण बगैंचा कार्यक्रम

Posted on: 22 Jan, 2018

नन्द बहादुर रोकाया/माघ ८, मुगु । मुगुका स्थानियलाई पोषणको महत्वको बारेमा जानकारी संगै स्थानियमा पोषण स्थितिमा सुधार ल्याउन बिद्यालय पोषण बगैंचा कार्यक्रको शुरुवात गरिएको छ । 

नारी उत्थान तथा सचेतनाका केन्द्र मुगुले मुगुमा देखिएको पोषणको स्थितिलाई मनन् गरी बिद्यालय मार्फत पोषणका महत्वका बारेमा जानकारी गराउने र पोषण स्थितिमा सुधार ल्याउने उदेश्यका साथ कार्यक्रमको थालनि गरेको हो ।  


मुगुमा पोषको स्थिति नाजुक भएको र पोषणकै कारण अधिकासंकाले रोग पालेर बाँच्न बाध्य भईरहेका र कुपोषणको शिकार भएकाले यसलाई निराकरण गर्न र समाजमा पोषणको स्थितिमा सुधार ल्याउन देखिएकाले बिद्यालय पोषण बगैंचा कार्यक्रमको शुरुवाती गरिएको नारी उत्थान तथा सचेतना केन्द्र मुगुकी अध्यक्ष एवंम ग्रामिण सेवा प्रदायक च्क्ए की जिल्ला संयोजक चेतना शाहीले बताउनुभयो । 

बिद्यालयका शिक्षक बिद्याथी मार्फत समाजमा पोषका बारेमा सुसुचित गर्न सजिलो हुने र स्थानियले पोषको महत्व सजिलै बुझने भएकाले पनी पहिलो प्रथामिकताका साथ अन्य माध्याम भन्दा बिद्यालय लाई रोजेको र बिद्यालय पोषण बगैंचा कार्यक्रको शुरुवाती संगै कामकोपनी थालनि गरीएको संयोजक शाहीको भनाई छ । 

यो कार्यक्रम अहिले नगरपालीका भित्रका ७ वटा बिद्यालयमा लागु भएको र जिल्ला भित्रका अन्य बिद्यालयमा पनी लागु गरीने बताईएको छ । यो कार्यक्रमलाई दिर्गकालीन र प्रभावकारी बनाउन बिद्यालयमा कृषि र पोषण सम्बन्धि एईच्छिक बिषयका रुपमा पढाई गराईने समेत जनाईएको छ । 

जसका लागी कार्यक्रम लागु भएका नगरपालिका भित्रका ७ वटा बिलालयका शिक्षक हरुलाई समेटी ११ सदस्यीय बिद्यालय पोषण बगैंचा संञ्जाल समेत गठन गरीएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!