झर्नाखोला पीडित मुस्कानले निकाले ‘लाईफको टेन्सन’

Posted on: 22 Jan, 2018

माघ ८, कञ्चनपुर । कञ्चनपुरको झर्नाखोला पीडित एक युवकले ‘लाईफको टेन्सन’ नामक एक आधुनिक संगित निकालेका छन् । 

जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका ९ र बेल्डाँडी गाउँपालिका–१ भएर बग्ने झर्नाखोलाका पीडित गगन सिह महरा (मुस्कान)ले जीवनको तनाव अर्थात ‘लाईफको टेन्सन’ नामक गित बजारमा ल्याएका हुन् । 

उनले विपन्न मानविय जीवनको दैनिकीलाई चित्रण गर्दै संगितका माध्यमबाट पीडा पोखेका छन् । आधुनिकता संगै विपन्न, गरिब तथा पहुँच नभएका मध्यमवर्गका शिक्षिक युवा अवसरबाट बञ्चित भएको विषय उठान गरेका छन् । 

विभिन्न विश्वविद्यालयबाट डिग्री गरेपनि पावर, पहुँच पैशा बिना कहिकतै रोजगार नपाएर भौतारिएपछि घरपरिवार सबैतिर तनाव उत्पन्न हुने विषय चित्रण गरेका छन् । संगितकार कृष्णभक्त राई रहेका छन् । भने शब्द र गायक स्वयम गगन सिह 

(मुस्कान) रहेका छन् । धन सिह विष्ट र नविना मैनालीले मोडलको भूमिका निर्वाह गरेका छन् । करन सिह विष्ट, उत्तम सिह विष्ट, बिरेन्द्र मंगोला, मिस्टर आरडी लगायत युवाले उतm गितमा साथ दिएका छन् । 

गायक गगन सिह (मुस्कान)ले विभिन्न कारणबाट मानवको दुख संकट भोक्नु परेको बताउदै सोही विषयलाई गितका माध्यमबाट उठान गरेको बताए । ‘आज हरेक मानिस तनाव छ, ‘उनले भने, ‘सोही तनाव रहेको विषय उतारेको हुँ, जसबाट केही तनाव घटछ् ।’ लाईफको टेन्सन युटुबबाट समेत हेर्न सकिन्छ । तत्तकालिन सरकारले विस २०५८ सालमा शुक्लाफाँटा आरक्षको क्षेत्र विस्तारका क्र्ममा रौतेलीविचुवाबाट विस्थापित महरा परिवारलाई सरकारले बेल्डाँडी गाउँपालिका १ झर्नासागरमा जमिन दिएको थियो ।

 सरकारले दिएको जमिन खोला भएका कारण महरा परिवार झर्नाखोला पीडित भएका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकै छेउमा रहेको महराको परिवार खोलाबाट पीडित हुँदा लालपुजा हुँदाहुँदै पनि जमिन उपभोग गर्न पाएका छैनन् । भएको जमिन खोलाका कारण खेती नहुने भएपछि महरा परिवार खोला पीडित भएको हो । बाल्यकालमा समेत डेउडा गायक मुस्कान घरयासी आर्थिक अवस्था कमजोर भएपछि रोजगारीका लागि भारत गएका थिए । 

मुस्कानका भान्जाहरु उत्तम सिह विष्ट, करन सिह विष्ट, धन सिह विष्ट लगायतका आफन्तको सहयोगमा बषौँपछि संगित क्षेत्रमा पुनः देखिएका छन् । मुस्कानले झण्डै दुई दशक पहिले बगिरहनु सधै सेती र जुनेली रात नामक डेउडा गित निकालेका थिए । सानैदेखि संगित मन पराउने मुस्कान सरकारले आरक्ष विस्थापनदेखि उनको सपना चकनाचुर भएको थियो । 

गितसंगित मानिसका सारथी भएको बताउदै उनले दुखमा परेको मानिसलाई संगितका माध्यमबाट समेत सात्वना पार्न सकिने उनको भनाई छ । अवसर पाए अझै गित पाउने मुस्कानको चाहना छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!