सल्यानमा बस दुर्घटना हुँदा तीनको मृत्यु, ३८ घाईते (नामावलीसहित)

Posted on: 22 Jan, 2018

सरिता चलाउने/माघ ८, सल्यान । सल्यानमा बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाईते भएका छन ।

जस्मा १३ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । मुत्यु हुनेमा बागचौर नगरपालीका १० सल्यानकी ७० वर्षीय छन्चरी विक, रुकुम मुसिकोट नगरपालिका रुकुम की ३६ पुस्पा खड्का खत्री, रुकुम पेउघाका १७ भीमवहादुर खड्का रहेका छन ।

रुकुमबाट तुलसीपुर तर्फ जाँदै गरेको मालिकाकालीका यातायातको ना ५ ख ५३१ बस सल्यानको त्रिवेणी गाउँपालिका वडा नं. ६ स्थित लुहाम नजिकै भाटाखोलामा आज दिउँसो करिब २ बजेतिर दुर्घटना भएको हो ।

गम्भीर घाईते हुनेमा सल्यान ढोरचौर गाउँपालीका निवासी सिता कसेरा, सोही ठाउँ निबासि २२ बर्षिय डिल्लीराम लामिछाने, अस्मिता कसेरा, रुकुम मुसिकोट नगरपालीका १ का पा १८ बर्षिय बिवेक हमाल, त्रिबेणी गाउँपालीका ७ बस्ने २२ बर्षिय दिपशिखा वली, बस्ने मुसिकोट नगरपालीका ३ का केदार, सोही बस्ने ७ बर्षिय अकिंत केसि रहेका छन् ।

यस्तै २४ की बिमला रावत, रुकुम त्रिबेणी गाउँपालीका १६ बर्षिय बिन्दु वली, सानोभेरी गाउँपालीका ६ का ६ बर्षिय गौरब रावल, मुसिकोट नगरपालीका ३ बस्ने ४ बर्षिय आयुसा केसि, दाङ घोराही उपमहानगरपालीका बस्ने धनसरा, र सोही ठाउँका १८ बर्षिय मदन कुमार वली रहेको सल्यानका प्रहरी नायव उपरिक्षक भरत विकले जानकारी दिएका छन् ।

उनिहरुलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने सामान्य घाईतेको श्रीनगर स्थित मेडिकहलमा उपचार भैरहेको विकले बताए । ७ जना भने सामान्य उपचार पछि घर फर्किएको उनले बताए ।

गाडीमा क्षमता भन्दा धेरै लाेड भएकाे र सडक अफठ्याराे भएकाले दुर्घटणा भएकाे प्रहरीले अनुमान गरेकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!