कालिकोट: शैक्षिक सुधारका लागि छलफल

Posted on: 23 Jan, 2018

माघ ९, कालिकोट । शान्नित्रिवेणी गाउँपालिकाले गाउँपालिकाको शैक्षिक सुधारका लागि व्यापक छलफल गरेको छ । 

गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि लगायतका शैक्षिक सरोकारवालाहरुको उपस्थितिमा गाउँपालिकाको शैक्षिक सुधारका लागि व्यापक छलफल गरिएको गाउँपालिका अध्यक्ष डिबी शाहीले जानकारी दिए ।

उनका अनुसार हरेक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावक समेतलाई आचारसंहिता बनाई कार्यान्वयन गर्ने, शैक्षिक नीति नियमहरु पालना गर्ने, विद्यालयको बार्षिक कार्यतालिका बनाई कार्यान्वयन गर्ने, विद्यालय व्यवस्थापन समितिको बैठक नियमित बस्ने, दैनिक पाठ्ययोजनाका आधारमा शिक्षकले शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नुपर्ने, प्रत्येक विद्यालयमा शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी गर्न प्राधानाध्यापकले कक्षा अवलोन गर्ने, रिक्त दरबन्दीलाई तत्काल पुर्ति गर्ने, परीक्षालाई मर्यादित रुपमा सञ्चालन गर्ने लगायतका बिषयमा छलफल गरिएको छ ।

छलफलमा विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकले शैक्षिक सुधारका लागि गर्नुपर्ने कामको पनि जिम्मेबारी दिईएको छ । विद्यालयमा शिक्षक अनियमित हुने कुरालाई न्यूनिकरण गर्ने हरेक विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागु भईसकेको बताउँदै गाउँपालिका अध्यक्ष शाहीले गाउँपालिकाले पनि हरेक विद्यालयले गर्ने गतिविधिहरुको प्रभावकारी अनुगमन तथा निरीक्षण गर्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!