रास्कोट कला साहित्य प्रतिष्ठानको गठन

Posted on: 23 Jan, 2018

माघ ९, कालीकोट । रास्कोट नगरपालिकामा सोमबार रास्कोट कला संस्कृति तथा कला साहित्य प्रतिष्ठानको गठन गरिएको छ । 

पछिल्लो समयमा विभिन्न किसिमका गितहरुले आफ्नो मौलिक कलाहरु विस्तारै हराउँदै गईरहेकाले स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त प्रतिष्ठानको गठन गरिएको हो ।

कला प्रतिष्ठानले समाजमा रहेका दलित, पिछडिएका, अपाङ्गमा कला मार्फत जनेचतना जगाउनुका साथै समाजमा लोप भएको कला संस्कृतिको जर्गेना गर्ने उद्देश्य रहेका वताईको छ । 

नरेन्द्र प्रसाद आर्चायको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको गठन गरिएको छ । जसमा बरिस्ट उपाअध्यक्ष कमलराज शाही, उपाअध्यक्ष कस्मिरा शाही, सचिवमा हिम्मत शाही, कोषाअध्यक्ष विरिन्दा न्यौपाने,सह–सचिवमा सर्जन शाही रहेका छन्  ।

उक्त प्रतिठानले प्रेम शाही, नेत्रराज शाही, कृष्णराज धामाला, मनिराज वराल र दमन शाही  सदस्य रहेको ५ सदस्यीय सल्हाकार समितिको पनि गठन गरेको स्थानीय कमलराज शाहीले जनाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!