महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा ३ को मृत्यु, ८ जना घाईते

Posted on: 23 Jan, 2018

माघ ९, महोत्तरी । बर्दिबास जलेश्वर सडकखण्डअन्तर्गत महोत्तरीको रामगोपालपुर नगरपालिकामा सोमबार राति सांढे ९ बजे ट्रयाक्टर दुर्घटना भएको छ । 

सरस्वती पूजाको पिकनिक मनाएर रामगोपालपुरबाट महोत्तरीको टिकुलिया फर्कदै गरेको ज १ त ३५१६ नम्बरको ट्रयाक्टर बाक्लो हुस्सुका कारण अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ । 

दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ७ का ४० बर्षका शतेन्द्र साह, सोही वडा बस्ने १८ वर्षका रामबाबु मण्डल, ४५ बर्षकी सावित्री देवी मण्डल रहेका छन् ।  

जनकपुर अञ्चल अस्पतालमा घाइतेको उपचार भइरहेको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!