ताप्लेजुङमा दुई घर जलेर नष्ट

Posted on: 23 Jan, 2018

माघ ९, ताप्लेजुङ | सदरमुकाम फुङलिङमा आज आगालागी हुँदा दुई घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । 

आगलागीबाट फुङलिङ नगरपालिका–५ का डिकबहादुर खवास र सोही ठाउँका दीलबहादुर खवासको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

अपराह्न ४ बजे अचानक डिकबहादुरको घरबाट आगलागी शुरु भएको थियो । करिब ४५ मिनेटको समयमा वारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । 

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका साथै स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो । आगलागीका कारण खुल्न सकेको छैन् भने क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!