निशुल्क आँखा शिविरमा मंगलबार ४ जनाको मोतिविन्दुकोअप्रेशन

Posted on: 23 Jan, 2018

माघ ९,गोरखा सिरानचोक गाउँपालिका ३ हर्मीमा शुरु भएको निशुल्क आँखा शिविरमा मंगलबार ४ जनाको मोतिविन्दुको अप्रेशन भएको छ ।

शिविर शुरु भएको पहिलो दिन मंगलबार दुई सय ५७ जनाको सामान्य आँखा परीक्षण गरिएको र ९ जनाको मोतिविन्दु अप्रेशन गनुपर्ने देखिएको हर्मी स्वास्थ्य चौकीकी अनमी कमला पराजुलीले जानकारी दिनुभयो । 

 हर्मी स्वास्थ्य चौकीको परिसरमा शुरु भएको  शिविरमा विहान ८ बजेदेखि ४ बजेसम्म आँखा परीक्षण गर्न सकिने छ । 

लायन्स क्लब अफ काठमाडौँ कञ्चनजंङ्गाको प्रमुख आयोजना तथा हर्मी काठमाडौँ सेवा समाजको सह आयोजना र नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा शुरु भएको निशुल्क आँखा शिविर माघ ९ देखि ११ गतेसम्म चल्नेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!