दार्चुला लगायत हिमाली र पहाडी जिल्लामा हिमपात

Posted on: 24 Jan, 2018

लोकेन्द्र प्रशाद जोशी/माघ १०, दार्चुला । दार्चुला, बैतडि, डडेल्धुरा, बझाङ लगायत प्रदेश नम्बर सातका पहाडी जिल्लाहरुमा मंगलबार रातिदेखि हिमपात शुरु भएको छ । 

दार्चुला जिल्लाको सबैजसो भेगमा हल्का बर्षा भएको छ ।  उच्च पहाडी भुभागमा हिमपात भएको हो ।


दार्चुला जिल्लाको ब्यास गाउँपालीका, अपिहिमाल गाउँपालीकाको गाउँघरमै हिउँ पुगेर सेताम्य भएको छ । यस्तै मार्मा, नौगाड, दुहु लगायत उच्च पहाडि क्षेत्रमा हिमपात भएको स्थानियहरुले जानकारी दिएका छन । 

दार्चुलासहित सात नम्बर प्रदेशका विभिन्न पहाडी जिल्लामा हिमपातका कारण अत्याधिक चिसो समेत बढेको छ । पहाडी जिल्ला दार्चुला, बैतडी, बझाङ, डोटी, बाजुरा, डडेल्धुरा लगायतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको हो । 

उच्च हिमाली भागमा रातिदेखि नै हिमपात भएको हो । हिउँ जमेको र चिसो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या भएको स्थानीयले बताएका छन् । चिसो बढेका कारण वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् ।

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका दार्चुला लगायत पहाडी भेगका किसानलाई भने हिमपातले केहि राहत पुर्याएको छ । हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको छ । बाक्लो हिउँ परेसँगै हिमपात भएका क्षेत्रमा गाउँघर सेताम्य बनेपछि किसानहरु राहत महसुस गरेका हुन ।

यसैबिच सोमबार पानी पार्न भन्दै दार्चुलाको अपिहिमाल गाउँपालीका ४ मा भ्यागुताको बिहे गरीएको थियो । बिहे गरेकै दोस्रो दिन पानी परको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!