कपिलवस्तुमा एक वृद्ध पाँच दिनदेखि बेपत्ता

Posted on: 24 Jan, 2018

माघ १०, कपिलवस्तु | यहाँ एक वृद्ध पाँच दिनदेखि बेपत्ता भएका छन् । कपिलबस्तु नगरपालिका–१ छोट्की तौलिहवा निवासी ६५ वर्षीय रामसुभग बानियाँ गत माघ ५ गतेदेखि बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । 

घरमा कसैलाई केही नभनी शुक्रबार मध्यान्न आफ्नै घरबाट निस्किनुभएका बानियाँ आजसम्म पनि घर नफर्केपछि आफन्तले सोमबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । 

बानियाँको मानसिक सन्तुलन गुमेको र औषधिसमेत सेवन गर्ने गरेको उहाँकी श्रीमती आरतीले बताउनुभयो । खोजी गरिदिनका लागि परिवारले सबैसँग अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले खोजीकार्य जारी रहेको बताएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!