बैतडीमा जन्ती बोकेको जिप ठोक्किँदा ११ जना घाइते

Posted on: 24 Jan, 2018

माघ १०, बैतडी |  बैतडीको सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा आज मध्यान्ह जन्ती बोकेको दुई जिप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । 

घाइतेमध्ये पाटन नगरपालिका– ५ का १७ वर्षीय विक्रम बोहरा ,२७ वर्षीय दानसिंह विष्ट र सुर्नया– २ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । 

सिउडेबाट जन्ती बोकेर दोगडाकेदारतिर गइरहेको ग १ ज ५१९२ नंको जिप र विपरित दिशाबाट आइरहेको से १ ज २१७ नं जिप सिउडे बजार नजिकै आज १२.१५ बजे ठोक्किँएको जनाएको छ । दुबै जिपका चालक प्रहरी नियन्त्रणमा छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!