भक्तपुरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

Posted on: 25 Jan, 2018

माघ ११, भक्तपुर । भक्तपुरमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । 

भक्तपुरको जगातीबाट बनेपातर्फ जाँदै गरेको बा ६८ प ४४७१ नं को स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ५९१९ नंको मालबाहक ट्रकले सूर्यविनायक नगरपालिका–९ नलिनचोकमा ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ का ३९ बर्षीय प्रकाश मानन्धरको मृत्यु भएको हो । 

दुर्घटनामा घाइते मानन्धरलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा गएराति मृत्युभएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताउनुभयो । 

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!