पाल्पामा एकाबिहानै जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 25 Jan, 2018

माघ ११, पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङ्गमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

तानसेनबाट हेक्लाङ्ग जाँदै गरेको लु १ ज ३४९९ नं को जिप दुर्घटना हुँदा हेक्लाङ्गका ४५ वर्षीय दानबहादुर रानाको मृत्यु भएको हो । 

दुर्घटनामा परी घाइते भएका रानाको उपचारका लागि तानसेन ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । 

जिप सडकदेखि करिब २० मिटर तल खसेको थियो । जिपमा दुईजना सवार रहेको प्रहरीले जनाएको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!