भरुवा बन्दुकसहित एक पक्राउ

Posted on: 28 Apr, 2016

प्रकाश धौलाकोटी/ बैशाख १६, तेह्रथुम । तेह्रथुमको जलजले गाविसमा तास खेल्नेक्रममा साथीहरुबीचमा विवाद हुँदा भरुवा बन्दुक निकाली तर्साउने एक जनालाई प्रहरीले बन्दुक सहित पक्राउ गरेको छ । जलजले गाविस–४ बस्ने ३० बर्षीय कमलबहादुर लिम्बुलाई प्रहरीले एक थान भरुवा बन्दुकसहित गएराति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लिम्बुले तास खेल्नेक्रममा सोही ठाउँका सुपाल लिम्बुसंग विवाद भएपछि घरबाट भरुवा बन्दुक ल्याई ताकेको भन्ने सुचना पाएपछि प्रहरी चौकी ओयाक्जुङबाट खटिएको टोलीले भाग्दै गरेको अवस्थामा उनलाई बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लिम्बुलाई प्रहरीले हिरासतमा लिई अनुसन्धान थालेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!