प्रगोगात्मक अकं मार्कसिटमा नआउदाँ बिद्यार्थीमा अन्योल

Posted on: 25 Jan, 2018

नन्द बहादुर रोकाया/माघ ११, मुगु । गयको बर्ष कक्षा ११ को आंशिक तर्फको परिक्षा दिईएका बिद्यार्थीको प्रयोगात्मक अकं मार्कसिटमा नआउदाँ बिद्यार्थी अन्योलमा परेका छन । 

श्री महाकाली उच्च माध्यामि बिद्यालयमा अध्यनरत कक्षा ११ र का आंशिक तर्फका ६३ जना बिद्यार्थीको प्रगोगात्मक अकं नआउदाँ बिद्यार्थी अन्योलमा परेका हुन । 

नियमित तर्फका बिद्यार्थीको प्रगोगात्मक अकं मार्कसिटमा आएको भएपनी आंशिक तर्फका बिद्यार्थीको प्रगोगात्मक अकं नाएकाले  आफु हरु अन्योलमा परेको कक्षा ११को आंशिक तफको परिक्षा दिईएका रामकुमार रोकायले बताउनु भयो । 

उहाँका अनुसार सम्बन्धित बिषयमा पास भएको भएपनी प्रयोगात्मक अकं मार्कसिटमा नआउदाँ  सास्त खेप्नु परेको गुनासो गर्नुभयो । तिन बर्ष अघि पास भएको भएपनी प्रगोगात्मक परिक्षा दिईएको भएपनी बर्ष पिच्छे खाली आउने गरेको उहाँको भनाई छ । 

यता बिद्यालयका प्रध्यानध्यापक देव बहादुर मल्लका अनुसार प्रगोगात्मक परिक्षाको लागी बद्यालयले प्रयोगात्मक परिक्षा गराई अर्क राष्टिय परिक्षा बोर्डमा पठाईएको भएपनी कक्षा ११का आशिक तर्फका परिक्षार्थी बिद्यार्थीको प्रयोतात्मक अकं खाली आएको बताउनुभयो । 

उहाँका अनुसार हामिले प्रयोगात्मक परिक्षाको प्रगोगात्मक गराई अकं माथि पठाएका भएपनी नियमित तर्फका बिद्यार्थीको प्रयोगात्मक अकं मार्कशिटमा आएको भएपनी आंशिक तर्फका बिद्यार्थीको नआएको र यो समस्या अहिलेको नभई बषौ पिच्छे दोहोरीएको उहाँको भनाई छ ।  

बिद्यार्थीको यस्तो समस्या तिन चार बर्ष देखिको भएको भएपनी  बिद्यालय बाट सिफारिस गरेर केन्द्रमा जादाँ पनी कुनै सुनुवाई नभएको र अझै यस्तो प्रक्रिया दोहोरीन गहेको बिद्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!