रोल्पा नगरपालिकामै कोचिङ क्लास !

Posted on: 25 Jan, 2018

मनिषा राई | माघ ११, रोल्पा | रोल्पा नगरपालिका अन्तर्गतको नगरशिक्षा समितिको बैठक सम्पन्न भएको छ । रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीको अध्यक्षतामा बसेको बैठकले  रोल्पा नगरपालिकाद्धारा नगरक्षेत्रभित्रमा रहेका विद्यालयहरुमा गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने भएको छ ।

नगरपालिकाभित्रका विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण बनाउनका लागि र विद्यार्थीहरुलाई अत्याधिक अप्ठ्यारोको रुपमा रहेको तीनवटा विषय अंग्रेजी, गणित र विज्ञान विषयलाई व्यवस्थित बनाउन तथा विद्यार्थीको सहजतामा ढाल्नका लागि रोल्पा नगरपालिकाले विभिन्न किसिमका अवधारणाहरु ल्याउने निर्णय गरेको छ ।


साथै बैठकले यस वर्षमा नगरपालिकाभित्र रहेका ८ वटा माध्यमिक स्तरका सरकारी विद्यालयहरुमा अंग्रेजी, विज्ञान, गणित विषयका लागि कोचिङ कक्षा सञ्चालनमा प्रोत्साहन गर्न बजेट विनियोजन गर्ने निर्णय गरेको छ । शिक्षालाई गुणस्तरीय बनाउन, एसईई परीक्षालाई मर्या्िदत र रोल्पाको शिक्षामा सुधार ल्याउनका लागि यो पहल थाल्ने समेत निर्णय गरेको हो ।

नगरपालिकाको स्थानीय शिक्षा ऐन –२०७४ निर्माणका लागि नगरपालिका स्तरीय विज्ञ टिमको निर्माण गर्ने निर्णय गरेको छ । जसमा राजेश धिताल, मधुसुदन पोखरेल, विना मल्ल, लोककुमार श्रेष्ठ, कृष्णबहादुर पुन लगायत सम्मिलित एक समूह गठन गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!