डोल्पामा मुल सुकेपछि खानेपानीको हाहाकार

Posted on: 25 Jan, 2018

टेकबहादुर शाही/माघ ११, डोल्पा । डोल्पाको त्रिपुरा सुन्दरी नगरपालीकाको रसि गाउँमा खानेपानिको हाहाकार भएको छ । 

लामो समय देखी रसि गाउँका स्थानिय बासिन्दाहरुले खानेपानीको समस्या भोग्दै आएका छन । गाउको नजिकै रहेको एक मात्र मुलको पानी सुकेपछी गाउले वासिहरुलाइ खानेपानिको समस्या भएको स्थानिय करण बुढाले बताए । 

त्रिपुरा सुन्दरी नगरपालीकाको वडा नं २ रसी गाउका ३ वटा बस्ती गुम्बा गाउ,डाडा गाउ र रसी माझगाउका १ सय १० घरधुरीका स्थानियहरुले हप्तौ  खानेपानिको समस्या भोग्दै आएको स्थानीय पूर्ण बुढाले जानकारि दिए । उनका अनुसार रसी गाउका स्थानिय बासिन्दाहरु हाल खोलाको फोहोर पानि खान बाध्य रहेको समेत बताए । 


बस्ति नजिकैको मुलबाट गाउमा एक मात्र खानेपानीको धारा थियो तर मुल सुक्दै गए पछि स्थानीयले खानेपानिको अभाव खेप्नु परेको स्थानीय बुढाले बताए । उनले भने मुलको पानिको भर पर्नु पर्ने बाध्यता रहेकोले यस्तो समस्या बर्षेनी भोग्दै आउनु परेको दुखेसो सुनाए । 

गाउको नजिकै पाएक पर्ने ठाउमा अन्य खोला तथा मुल नभएको कारण खानेपानिको समस्या कहिले पनि समाधान नभएको स्थानीयहरु बताउछन ।

हिदको समयमा हिउ नपरे पछि सुख्खा खडेरी भएको र सुख्खा खडेरिको बेलामा पानीको मुहाननै सुके पछि पानिको हाहाकार भएको स्थानीय बताउछन । सुख्खा खडेरि झनै बढे पछि मुल सुकेको र गाउमा खानेपानिको अभाब बढेको स्थानीयहरुको ठ्म्याइ रहेको छ । मान्छेलाइ नै खानेपानिको अभाब भएको अबस्थामा गाइबस्तुहरुलाइ २ घण्टा तल झारेर सुलिगार्डको खोलामा लगेर पानि खुवाउने गरेको स्थानीयहरु बताउछन । 

लामो समय सम्म खानेपानी धारामा नआए पछी गाउका स्थानिय आधा घण्टा टाढा रहेको खोलाको फोहोर पानी खान बाध्य भएको स्थानिय ज्ञानु बोहोराले बताए । उनका अनुसार अहिले खोलाको पानी खान आधा घण्टा हिड्नु पर्ने र पानि भर्नको लागि बिहान देखी दिउसो सम्म पालो कुरेर पानी ल्याउने गरेको बताए । 

खोलाको फोहोर पानिले स्थाानीयको स्वास्थ्यमा समस्या आउन थालेको छ । चिसो मौसम र धमिलो फोहोर पानिले स्वास्थ्यमा समस्या पार्दै गएको अगुवाहरु बताउछन । स्थानिय तहको निर्बाचन संगै गाउ गाउमा सिंहदरबारको अनुभुती गर्न पाउने भनेता पनी बर्षौ देखि आफुले खानेपानि समेत प्रायाप्त मात्र खान नपाएको स्थानीयहरु बताउछन । 

माघको महिनामा मै मुलको पानि सुके पछि चैत्र बैशाखकाको खडेरिमा के हुने हो भनेर स्थानीयहरु त्रसित भएका छन । हरेक बर्ष यो बस्तिमा खानेपानिको समस्या पर्दै गएको भए पनि सरोकारवाला निकायले भने कुनै चासो नदिएको नागरिक समाज डोल्पाको आरोप रहेको छ । 

कि त हजारौ मिटर टाढा भए पनि पानिको ब्यवस्था गर्नु पर्ने कि त्याहाको बस्तिनै अन्यत्र सार्नु पर्ने अबस्था आउने नगारिक समाजको भनाइ रहेको छ । यो बस्तिमा हरेक बर्ष खडेरिको बेलामा खानेपानिको अभाव पर्ने गर्दछ । डोल्पाम यस्ता गाउहरु आधा दर्जन बराबर रहेका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!