किशोरीको प्रश्नः के हो महिनावारी ?

Posted on: 26 Jan, 2018

दलसिंह गिरी/माघ १२, कालिकोट । पलाँता गाउँपालीकाका किशोरीहरुले महिनावरी चक्रका बारेमा थाहा नभएको बताएका छन् । 

स्थानीय किशोरीहरुको लागि महिनावारी स्वच्छता ब्यवस्थापन तालिमका सहभागिहरुले महिनावारी चक्र आफूहरुलाई थाहा नभएको बताएका हुन् । स्थानीय भाषामा महिनावारीलाइ छाउ, छुइ वा परसरेको भन्ने चलन छ । 


महिला तथा किशोरीहरु छाउ, छुइ वा परसरेको भन्न लजाउने गरेको स्थानीय केशपुरा शाही बताइन् ।  छाउ, छुइ वा परसरेको आखिर भाषामा जे भनिए पनि यसको अर्थ महिनावारी भएको भन्ने नै हो तालिम प्रशिक्षक पुष्पा घर्ती मगरले भनिन् ।

सामान्यतया २८ दिनमा एउटा स्वस्थ महिलामा गर्भधारण नभएको खण्डमा प्रजनन् अंगबाट रक्तश्राप हुनुलाई महिनावारी भनिन्छ । महिनावारी भएको बेला प्रर्यात मात्रमा पोषिलो खानेकुराहरु खानु पर्ने भएपनी यहाँका महिलाहरु देवता रिसाउने डरले घरबाहिर वा छाउगोठ बस्ने गर्दछन् । 

पोषिलो खानेकुरा खान नपाउनु र ७ दिन सम्म निरन्तर छाउगोठ बस्नु यहाँका महिलाको बाध्यता जस्तै हो । 

सामाजिक कुरिती र कुसंस्कारका रुपमा रहेको महिनावारी प्रथाका अन्त्य गर्न पलाँता गाउँपालिकाले जनचेतना मुलक कार्यक्रम संचालन गर्ने तयारी थालेको अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।  


महिनावारी भएको बेला छाउँगोठ बस्ने र पोषीलो खानेकुरा खाननहुने धार्मिक अन्धबिश्वासकै कारण धेरै महिलाहरुले अकालमै ज्यान गुमाउनु परेको संचारकर्मी तुलाराम पाण्डे बताए । पलाँता गाउँपालिका सामिजिक कुरिती तथा कुसंस्कारको अन्त्य गर्ने किर्डाक नेपालले बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु गरिरहेको पलाँताका कार्यकारी अधिकृत लेखबहादुर क्षेत्रीले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!