नुवाकोटको किस्पाङ खुला दिसामुक्त क्षेत्र घोषणा

Posted on: 26 Jan, 2018

माघ १२, नुवाकोट | किस्पाङ गाउँपालिकालाई बिहीबार खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । 

किस्पाङ गाउँपालिकाको वडा नं ३, काउलेमा रहेका ९५३ धरधुरी सबैमा शौचालय निर्माण भएसँगै जिल्लाको पाँचौँ गाउँपालिकाको रुपमा किस्पाङलाई बिहीबार पूर्वसांसद् बहादुरसिंह लामा तामाङले खुला दिसामुक्त क्षेत्र भएको घोषणा गर्नुभएको हो । गाउँपालिकामा रहेका पाँच वडाका चार हजार १८६ धरधुरी सबैमा शौचालय निर्माण सम्पन्न भएसँगै खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । 

किस्पाङवासी सबै घरमा शौचालय निर्माण सम्पन्न भइसकेकाले अब स्वच्छ खानेपानी उपलब्ध गराउनतर्फ केन्द्रित हुने गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले बताउनुभयो । 

खुला दिसामुक्त क्षेत्र घोषणाका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको नेपाल रेडक्रश सोसाइटी, नुवाकोटले आगामी दिनमा पूर्ण खोपयुक्त अभियान र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्न लागेको सभापति सुरतबहादुर चित्रकारले जानकारी दिनुभयो । 

नुवाकोटका बाह्र स्थानीय तह मध्ये यसअघि दुप्चेश्वर, तादी, शिवपुरी र मेघाङ गरी चार गाउँपालिका खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!