पाल्पामा चार महिनादेखि एक महिला बेपत्ता

Posted on: 26 Jan, 2018

 माघ १२, पाल्पा | रामपुर नगरपालिका– ८ कुमराङका थमकुमारी थापा ठाडा विगत साढे चार महिना देखि बेपत्ता भएकी छिन् । 

गत भदौ २७ गते बिहान ११.३० बजे घरबाटै बेपत्ता भएकी २८ वर्षीय थापाको आफन्त, सार्थीभाइकहाँ खोजीकार्य गरेपनि उनी अझै फेला पर्न नसकेको वडाअध्यक्ष बोमबहादुर नामजालीले बताउनुभयो । 

घरनजिकै कालीगण्डकी रहेकाले आफन्त साथीभाई सबैले नदीमा पसेको शंका गरेपनि उनी अहिलेसम्म फेला पर्न नसकेको उहाँले बताउनुभयो । एक नाबालक छोरा, श्रीमान् र सासू ससुरासँगै बस्दै आएकी ठाडा अहिलेसम्म फेला पर्न नसक्दा परिवार चिन्तित बनेका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!