रामेछापको मन्थलीमा रहेका हाडवर्यर पसलको अनुगमन

Posted on: 27 Jan, 2018

 कैलाश खत्री । माघ १३ ,रामेछाप ।

उपभोक्ताहरुबाट निर्माण सामाग्रीको मुल्य बढेको भन्दै चर्को आलोचना भैरहेको बेला शुक्रबार अनुगमन गरिएको छ । रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रको नेतृत्वमा अनुगमन गरिएको हो । सदरमुकाम मन्थलीमा रहेका ६ वटा हाडवर्यर पसलको अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा केहि पसलहरुले सामाग्रीहरुको विवरण र मुल्यसुची नराखेको भेटिएको छ भने कतिपय पसलहरुले कारोबार भन्दा निकै कम मुल्य देखाएको भेटिएको  रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार कागजात पुरा नगरेका हाडवर्यर पसलहरुलाई तत्काल ३ दिन भित्र कागजी पक्रिया पुरा गर्न निर्देशन दिएको बताउनुभयो ।

अब मन्थली बाहेकका बजार क्षेत्रमा समेत अनुगमन गरिने बताइएको छ । बजार अनुगमनमा जिल्ला प्रहरी कार्यालय , घरेलु तथा साना उद्योग कार्यालय , उद्योग वाणिज्य संघ , पत्रकार महासंघ लगाएतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!