रोल्पामा ५० केजी चरेससहित दुईजना प्रहरीको फन्दामा यसरी परे

Posted on: 28 Jan, 2018

माघ १४, रोल्पा । प्रहरीले रोल्पामा ठूलो परिमाणमा चरेश बरामद गरेको छ । 

५ नं. प्रदेश व्यूरोका प्रहरी निरिक्षक अरुणकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले रोल्पाको थवाङ गाउँपालिकामा वडा नं. ३ तालावाङमा ५० केजी लागु औषधसहित दुई जनालाई पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा थबाङ गाउँपालिका ३ तालाबाङका २२ वर्षीय प्रश्न बुढा मगर र शेरबहादुर बुढा मगर रहेका छन् । उनीहरुको साथबाट ठुलो परिमानको चरेससहित आइतवार विहान ३ बजे पक्राउ परेको प्रदेश नं. ५ व्यूरोका हवल्दार वसन्त भण्डारीले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई चरेससहित घर्तीगाउँ प्रहरीको जिम्मा लगाइएको भण्डारीले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!