कञ्चनपुरमा क्षयरोग पत्ता लगाउन अत्याधुनिक यन्त्र

Posted on: 28 Jan, 2018

माघ १४, कञ्चनपुर | राष्ट्रिय क्षयरोग निवारण केन्द्रले सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताललाई क्षयरोग पत्ता लगाउन अत्याधुनिक जिन एक्सपोर्ट मेशिन शनिबार उपलब्ध गराएको छ । 

अत्याधुनिक यन्त्र नहुदा अस्पतालले क्याट एक र क्याट दुई प्रविधिबाट बिरामीको खकार जाँच गरी उपचार गर्दै आएको थियो । “पुरानो प्रविधिबाट क्षयारोग पत्ता लाग्न बढी समय लाग्ने गरेको थियो”, अस्पालका ल्याब टेक्निसियन हर्कबहादुर कुँवरले भन्नुभयो, “मेशिन आएपछि दुई घण्टामै क्षय रोग भए÷नभएको पत्ता लगाई बिरामीको उपचार तत्काल शुरु गर्न सकिन्छ ।” अस्पतालले यन्त्रबाट क्षयरोग परीक्षण निःशुल्क रुपमा गर्ने जनाइएको छ ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!