नव वर्षासँगै पर्वतमा ठूलो धनराशीको पर्वत डान्स स्टार प्रतियोगिता हुने

Posted on: 28 Jan, 2018

पर्वत । पर्वत जिल्लामा यहि बैशाखदेखि पर्वत डान्स स्टार शुरु हुने भएको छ । जिल्लाका कुनाकुनामा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्नको लागि सोनी फिल्मस्  प्रालीले नयाँ बर्षको शुरुवातसँगै पर्वत डान्स स्टार शुरु गर्न लागेको हो । 

सोनी फिल्मस् प्रालीका प्रबन्ध निर्देशक प्रेम सोनी सुनुवारले गाउँघरमा लुकेर रहेका प्रतिभाहरुको प्रस्फुटन गर्नको लागि पर्वत डान्स स्टार संचालन गर्न लागेको बताए ।

डान्स स्टारमा विजेता हुनेले १ लाख नगद सहित मेडल प्राप्त गर्नेछ । त्यसैगरी फस्ट रनरले ५० हजार र सेकेन्ड रनरले २५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । जिल्लाका साथै स्थानीय तहबाट छनोट प्रक्रिया शुरु गरिने भएको छ ।

नव प्रतिभाहरुको विशिष्ट स्थान दिनको लागि यो कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ । पर्वत जिल्लालाई लक्षित गरी पहिलो पटक हुन लागेको पर्वत डान्स स्टारको लागि प्रचारप्रसार शुरु    गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!