रोल्पाका प्रेम मगर दाङमा मृत अवस्थामा भेटिए

Posted on: 28 Jan, 2018

माघ १४, दाङ | रोल्पाका ५६ वर्षीय प्रेम पुन मगर दाङको भालुबाङमा मृत अवस्थामा भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय भालुबाङले दिएको जानकारी अनुसार भालुबाङ बजारको ‘हाम्रो होटल’ अगाडि मगर मृत अवस्थामा भेटिएका हुन् ।

मगरले जाँड रक्सी धेरैखाएको र राति चिसोका कारण ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

मगरको शव बिहान स्थानीय बासीन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!