‘बिर्तामोड सन्देश’को प्रकाशन शुरु

Posted on: 28 Jan, 2018

माघ १४, भद्रपुर | झापाको बिर्तामोडबाट ‘बिर्तामोड सन्देश’ त्रैमासिक बुलेटिनको प्रकाशन शनिबारदेखि शुरु भएको छ । 

बिर्तामोडको सेरोफेरो र उद्योग व्यवसायसँग सम्बन्धित विषय समेट्ने गरी बिर्तामोड उद्योग वाणिज्य संघले उक्त बुलेटिनको प्रकाशन शुरु गरेको हो । 

बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी, उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईलगायतले शनिबार उक्त बुलेटिनको सामूहिक रुपमा विमोचन गर्नुभयो । 

उद्योग व्यवसायको प्रवद्र्धनमा टेवा पुर्याउन र संघका गतिविधि हरेक उद्योगी व्यवसायीमाझ सम्प्रेषण गर्न बुलेटिन प्रकाशन गरिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । बुलेटिनका सम्पादकमा एकराज गिरी रहनुभएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!