नख्खु कारागारमा मनोसामाजिक अस्पताल

Posted on: 29 Jan, 2018

माघ १५, ललितपुर । नख्खु कारागारमा मनोसामाजिक अस्पताल बनेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ । यो अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ । 

यस कारागारमा रहेका झण्डै ८०० जना कैदी÷बन्दीमध्ये करिब २०० जना मानसिक रोगी रहेको जेलर टेकबहादुर केसी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “मानसिक अस्पताल लगनखेलमा भएकाले पहिलेदेखि नै यहाँ मानसिक रोगी धेरै हुने गरेको पाइन्छ ।” 

उहाँ भन्नुहुन्छ, “त्यहाँका कारागार र कैदी÷बन्दी दुवैले यहाँ सरुवा खोजेका छन् ।” धेरै कारागारले मानसिक रोगीलाई सरुवा गरेर पठाएको उहाँ बताउनुहुन्छ । पहिले धुलिखेलस्थित कारागारमा मानसिक रोगीको चाप बढी हुने गरेकामा अहिले नख्खु कारागारमा चाप बढेको छ । 

कारागारमा अहिले भएका मानसिक रोगीमध्ये कति कडा त कति नरम खालका मानसिक रोगबाट पीडित छन् । कतिपयले नियमित रुपमा औषधि खाइरहेका छन् । कतिलाई भने समस्या आउँदा तुरुन्त अस्पताल पु¥याउनुपर्छ । उहाँ भन्नुहुन्छ, “हामी दैनिक तीन÷चार पटकसम्म मानसिक रोगी लिएर अस्पताल गइरहेका छौँ ।” 

मानसिक अस्पतालमा अहिले अहेबले सामान्य उपचारबाहेक अरू सेवा छैन । अरू रोगका बिरामी समेत विभिन्न अस्पतालमा जाँच र कहिले भर्ना हुने गरेका छन् । मनोसामाजिक अस्पतालमा अरू सामान्य उपचारसमेत हुँदा सहज हुने जेलर केसी बताउनुहुन्छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!