रौतहटमा गोली चल्यो, एक जना घाइते

Posted on: 29 Jan, 2018

माघ १५, रौतहट | रौतहटको राजपुर नगरपालिकाको बैरिया टोल नजिकै सोमबार बिहान गोली लागेर एक व्यक्ति घाइते भएका छन् ।

राजपुर नगरपालिकाको भगवानपुरघाटमा बिहान करीब ९ बजे राजपुर नपा ९ का ३५ वर्षिय  गाईभैसी व्यापारी शेष सैफुल्लाहलाई गोली लागेको हो । गोली लागेर घाइते बनेका सैफुल्लाहलाई एउटै पेशा गर्दै आएका साथी अब्दुल खालिदले गोली हानेका हुन् । 

सैफुल्लाहको कम्मरमुनिको दाहिने भागमा एउटा गोली लागेको छ । घटनाको कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । सैफुल्लाहलाई गौर अस्पतालमा गोली निकाल्न नसकेपछि थप उपचारको लागि वीरगंज पठाइएको छ । गोली हान्नेको खोजि कार्य समेत भईरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!