बलिरहेको चिर्पटले प्रहार गरि श्रीमतीको हत्या

Posted on: 29 Jan, 2018

माघ १५, बनियानी, झापा | झापाको अर्जुनधारा नगरपालिकामा मादक पदार्थ सेवन गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । 

अर्जुनधारा–५ पाण्डपुरका ५५ वर्षीय ईश्वर दनुवारले ५२ वर्षीया दोमनी दनुवारको आइतबार बेलुका हत्या गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । 

मादक पदार्थ सेवन गरेका ईश्वरले बलिरहेको चिर्पटले प्रहार गर्दा दोमनीको मृत्यु भएको थियो । अभियुक्त ईश्वरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इप्रका अनारमनीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!