गाडी सुविधा नदिएको भन्दै उपमेयरको यस्तो हर्कत !

Posted on: 29 Jan, 2018

माघ १५, जनकपुर । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले नगर कार्यपालिका बैठकको माइन्युट च्यातेकी छन् । यादवले आफूलाई गाडी दिने निर्णय नभएको भन्दै बैठकको माइन्युट च्यातेकी हुन् । 

बैठकको प्रस्तावमा आफूलाई गाडी सुविधा दिने विषय उल्लेख नगरेको भन्दै यादवले माइन्युट च्यातेकी हुन् । उनको यस्तो हर्कतपछी नगरकार्यपालिका बैठक नै स्थगित भएको छ । उपमेयर यादवले आफूलाई पनि गाडी सुविधा दिन माग गर्दै आएकी थिइन् । तर, बैठकमा आफुलाई गाडी दिने बिषयमा प्रस्ताव नै नआएपछि उनले आफुलाई गाडी दिने विषय प्रस्ताववमा नराखेको भन्दै माइन्युट च्यातेर फालेकी हुन् । 

यादवले आफुले राखेको कुनै माग बैठकमा नउठेको स्कुटी लिएर गाउँगाउँ जान अफ्ट्यारो भएको बताइन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!